नेपाली मेडिकल ड्रोनलाई अन्तराष्ट्रिय पुरस्कार

काठमाडौ । नेपालमै बनाएको ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जितेको छ ।
पुरस्कार प्राप्त गर्ने ड्रोनले दुर्गम गाउँगाउँबाट बिरामीहरुको नमुना संकलन गरी स्वास्थय केन्द्रसम्म ल्याउने काम गर्न सक्छ ।
ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जितेको हो ।
अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल ९एयुभीएसआई० ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स मेडिकल ड्रोन विजेता बन्न सफल भएको हो ।
ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले सबैलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएको हो ।
यो अवार्डको पुरस्कार राशी ५ हजार डलर (साढे पाँचलाख रुपैयाँ भन्दा बढी) रहेको बताइएकोछ ।
अर्वाड जितेको डोर्नले सामुदायिक स्वास्थ्यकर्मीको अनुरोधमा ड्रोन केन्द्रीय अस्पतालबाट उडेर खकार संकलन गर्न दुर्गम क्षेत्रमा जाने गर्छ र उक्त नमुना जाँचको लागि केन्द्रीय अस्पतालमा ल्याउँछ । ड्रोओट्स ड्रोन प्युठान जिल्लामा सञ्चालनमा ल्याइएको थियो ।







प्रतिक्रिया राख्नुहोस्