तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमा पुगेर भत्ता वितरण गर्दै डुडुवा गाउँपालिका

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता नागरिकहरुको घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ ।

नयाँ आर्थिक बर्ष २०७७–०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।

चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई रकम हस्तान्तरण गर्दै सामाजिक भत्ता वितरण सुरु गर्नुभएको हो ।

अध्यक्ष चौधरीले आशिंक अपांगता भएकालाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।

गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर भत्ता वितरण गरिरहेको छ ।

प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button