तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण बागलुङमा थप १ जनाको मृत्यु 

फाइल तस्बिर
बागलुङ । कोरोना सङ्क्रमणका कारण बागलुङको गल्कोटका  एक पुरुषको पोखरामा निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड–१९ उपचार केन्द्रमा कार्तिक ८ गते आई.सी.यु.मा भर्ना भएका गल्कोट नगरपालिका – ३ का ७२ वर्षीय पुरुषको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सह.प्रा.डा. अर्जुन आचार्यले विज्ञप्ति प्रकाशित गरी जानकारी गराउनु भएको छ ।
उहाँले निधन भएका पुरुषलाई कोभिड–१९ संक्रमितसहित निमोनिया र उच्च रक्तचापको समस्या रहेको बताउनुभयो । यो सँगै बागलुङमा कोरोना सङ्क्रमणबाट मृतु हुनेको  सङ्ख्या ५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button