तपाईँ सुन्दै हुनुहुन्छः

झापा प्रहरीद्वारा प्रतिबन्धित पटाका बरामद

भद्रपुर, झापा । दिपावली नजिकिँदै जाँदा झापामा अवैध रुपमा भारतबाट पटाका भित्रन थालेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको त्रास र जोखिम कायमै रहे पनि समिा क्षेत्रबाट लुकीछिपी पटाकाजन्य सामग्री भित्रिने गरेको हो । यसै क्रममा, सशस्त्र प्रहरीले झापाको सीमावर्ती कचनकवलबाट बिहीबार एक लाखभन्दा बढी मुल्यको पटाका नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार विहान कचनकवल ४ सुट्टामुनि झिल आसपासबाट पटाका बरामद गरिएको हो । केही व्यक्तिले सीमावर्ती भारतीय बजारबाट ल्याएका ती पटाका प्रहरीलाई देखिपछि छोडेर भागेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button