तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ९ सय ८१ जना कोरोना सङ्क्रमणमूक्त

काठमाडौं । आज थप २ हजार ९ सय ८१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप २ हजार ९ सय ८१ जना संक्रमण मुक्त भएसंगै हाल सम्म १ लाख २१ हजार ८ सय २४ जना कोरोना मुक्त भएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जनाकारी अनुसार आज देश भरमा गरी जम्मा ३९ हजार ६ सय ४३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३१ हजार ९ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ७ सय ९ जना अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यसैगरी कोरोना भाइरसबाट आज थप १ हजार ९ सय ५४ जना संक्रमित भएका छन् ।

आज ८ हजार २ सय ४८ वटा नमुनाको रियल टाईम पिसिआर विधिबाट परीक्षण गर्दा काठमाडौ उपत्यकामा ८ सय ४३ जना सहित १ हजार ९ सय ५४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

यस्तै कोरोना भाइरसबाट आज थप ११ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल सम्म ८ सय ८७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाईसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जानकारी दिन गत चैत्र देखि सुरू गरेको दैनिक प्रेस व्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्रै हुने भएको छ ।

अब देखि हप्ताको दुई दिन आइतवार र बुधबार मात्रै प्रेस व्रिफिङ हुने र अन्य दिनमा मन्त्रालयको आधिकारिक वेवसाईड तथा सामाजिक सञ्जालमार्फत कोरोना भाइरस संक्रमणको अध्यावधिक विवरण दिने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button