कञ्चनपुरमा छोरोद्धारा आमाको हत्या

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका ८ तिलाचौरमा एक जनाले आफ्नै आमाको हत्या गरेका छन् ।
गएराती दिपक सिह ऐरले आफ्नी ५५ वर्षिया आमा गंगा देवी ऐरमाथि माथि घरेलु हतियार दाउ प्रहार गरी घाईते वनाएकोमा उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमर वहादु थापाले वताउनु भएको छ ।
प्रहरीले छोरा दिपकलाई पक्राउ गरि हिरासतमा लिइएको छ । दिपक मानसिक रुपमा ठिक नभएको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्