कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।
यसैगरी कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुनुभएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्