तपाईँ सुन्दै हुनुहुन्छः

समयमै बिउबिजन र मलखाद उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता 

file photo

रुपन्देही । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले किसानलाई समयमै बिउबिजन र मलखाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडानम्बर ४ को प्रशासनिक कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले किसानलाई समयमा मलखाद वितरण गर्न कोरोनाको संक्रमण र केही ठेकदारहरुको गम्भीर लापरवाहीका कारणले नसकेको स्वीकार गर्नुहुँदै अब कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने बताउनुभयो ।

उहाँले कृषि मन्त्रालयमा कैयौं वर्षदेखि सुशासनको कमी रहेकोेले त्यसलाई सुधार्न लागिपरेको पनि उल्लेख गर्नुभयो । वर्तमान सरकारले यस्तै मसिना विषयबाट आफ्नो सुधारका कामहरु शुरु गरेको उहाँको भनाइ थियो ।

उहाले भन्नुभयो “हामीले धेरै काम गर्नु छ, जब हामी नै सन्तुष्ट छैनौ भने जनता सन्तुष्ट हुने कुरै भएन ।”

शुद्धोधन गाउँपालिका वडानम्बर ४ को नवनिर्मित भवन ७४ लाख ८६ हजार ६ सय ५१ रुपैयाँ एघार पैसाको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button