तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने मन्त्री पौडेलको अठोट

file photo

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसले तहसनहस पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने अठोट व्यक्त गर्नुभएको छ ।

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतका विषयमा रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा आफू लागेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।

कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पोडेलले उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button