तपाईँ सुन्दै हुनुहुन्छः

लामो समयदेखि तस्करीमा संलग्न काठ तस्कर पक्राउ

बारा । बारामा लामो समयदेखि काठ तस्करीमा सक्रिय रुपमा संलग्न काठ तस्कर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १७ का ३६ वर्षीय अमर लामा रहेका छन् ।

प्रहरीले उनलाई काठ तस्करी गरिरहेकै अवस्थामा मधुबनको मिलन चोकबाट एकथान सालको काठसहित पक्राउ गरेको डिभिजन वन कार्यालय बारा, सिमराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button