पर्यटकीय क्षेत्र खुम्बु प्रवेशमा प्रतिबन्ध

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवाबाट प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ ।
नाम्चेका एक बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पालिकाले सूचना जारी गर्दै त्यस क्षेत्रमा सञ्चालित होटल व्यवसायीले सेवा पनि बन्द गर्ने भएपछि सबै हवाई सेवा कम्पनीलाई यात्रु नल्याउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौबाट आएका ७० बषिर्य बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अर्को निर्णय नभएसम्म खुम्बु क्षेत्र प्रबेशमा रोक लगाएको होे । काठमाडौको टेकुमा गरिएको परीक्षणमा विहिबार बृद्धको कोरोना पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
कोरोनाको लक्षण देखिएकाले उहाँलाई मंगलबार हेलिकप्टर मार्फत काठमाडौ लगिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्