तपाईँ सुन्दै हुनुहुन्छः

थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसबाट आज थप ४ हजार ४ सय ९९ जना संक्रमित भएका छन् ।

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप २ हजार ६ सय ६८ जना संक्रमण मुक्त भएपछि हाल सम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

आज देश भरीका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी जम्मा ४६ हजार ६ सय ९१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १७ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा हाल सम्म ८ सय २९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button