बाँकेमा दाङका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज । दाङका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का ती पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आज अपरान्ह ४ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उच्च रक्तचाप र मधुमेहका विरामी ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि असोज २७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए । कोभिडको आशंकामा सोही दिन स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा उपचारका लागि गएका १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्