तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एक महिनामा २ साय २ अपराधी पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाँय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

अदालतबाट कैद तथा जरिवाना सजाँय तोकी फरार रहेका ती सबै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले विगत एक महिनाको अवधीमा पक्राउ गर्न सफल भएको र पछिल्लो पटक एक साता अघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरी अदालत समक्ष बुझाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button