तपाईँ सुन्दै हुनुहुन्छः

कोभीड १९ बाट बच्न र बचाउन रेडक्रसका कार्यक्रम

बैतडी । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले कोभीड १९ बाट बच्न र बचाउनका लागि विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

रेडक्रसले जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरेर कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सुरक्षाका मापदण्डका बारेमा जानकारी दिएको शाखा सभापति भीमदत्त पाण्डेयले जानकारी दिनुभयो ।

पश्चिम विपद् पूर्व तयारी परियोजना अन्तर्गत परियोजना क्षेत्र मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा सरसफाईका सामग्री वितरण गरिएको परियोजना संयोजक गोविन्दबल्लभ पन्तले जानकारी दिनुभयो । मेलौली र पञ्चेश्वरका १ हजार २८० घरधुरीमा बाल्टी, साबुन, सेनेटाइजर लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्लाका अन्य ठाउँमा पनि कोरोनाबाट बच्नका लागि सचेतनामूलक कार्यक्रम गर्नुका साथै सरसफाईका सामग्री समेत वितरण गरेको सभापति पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button