ट्रम्प र जो बाइडनबीच विहिबार अन्तिम बहस हुँदै

वाशिंगटन डी. सी । आगामी नोभेम्बर ३ मा हुने अमेरिकाको राष्ट्रपतीय चुनावका लागि राष्ट्रपति ट्रम्प र उहाँका प्रतिद्वन्दी डेमोक्रेटिक पार्टी उम्मेदवार जो बाइडन बीच बिहीबार अन्तिम बहस हुँदै छ ।
गत सेप्टेम्बर २९ मा पहिलो बहस भए पछि राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित हुनु भएको थियो र दुई बीच थप कुनै बहस हुन पाएको थिएन ।
यसबीच, आगामी बहसमा विदेश नीतिको मुद्दा समावेश नगरेर आयोजनाहरूले डेमोक्र्याटिक पार्टीका बाइडनलाई मद्दत गरेको राष्ट्रपति ट्रम्पका समर्थकहरूले आरोप लगाएका छन् ।
त्यसैगरी, डेमोक्रेटिक पार्टीका प्रत्याशी बाइडनले राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण उत्पन्न सङ्कटका विषयमा बोल्न नचाहेको आरोप लगाउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्