दशैं लक्षित जमघट, भेला नगर्न प्रशासनको आग्रह
जुम्ला । कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले आग्रह गरेको छ ।
जुम्ला प्रशासनले जारी गरेको सूचनामा यस वर्ष दशैमा विगतको जस्तो भेला जमभट नगर्न र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै परिवारमा मात्रै दशैं मनाउन आग्रह गरेको हो ।
सूचना जारी गर्दै प्रशासनले सवारीमा यात्रु बढी नहाल्न, जुवातास नखेल्न, भौतिक दुरी कायमसँगै अनिवार्य मास्क र स्यानीटाईजर प्रयोग गर्न जुम्लाबासीलाई अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दशैको भिडभाड हुने र संक्रमण फैलिने डर भएकाले सबैले जिम्मेवार नागरिकको कर्तव्यलाई पुरा गर्दै आफू बच्ने र अरुलाई बचाउने अभियानमा जुट्नुको विकल्प नरहेको बताउनुभयो ।
दशैमा भिडभाड तथा जम्मा हुने कामले समस्या निम्त्याउने भन्दै नागरिकको जिउ धनको रक्षा गर्ने जिम्मेवारी भएकाले सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्