तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा १६ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा १६ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको म्याग्दे गाउँपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा ४ जना, व्यास नगरपालिकामा २ जना, ठेगाना नखुलेका २ जना र भानु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लाको आबुँखैरेनी गाउँपालिकामा ५ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

म्याग्दे–२ का २५ वर्षीय पुरुष, शुक्लागण्डकी–२ का ३१ र ४६ वर्षीय पुरुष, शुक्लागण्डकी–४ की ६८ वर्षीया महिला, शुक्लागण्डकी–७ की ८८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै व्यास–११ का ४३ वर्षीय पुरुष र ८४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यस्तै ठेगाना नखुलेका ४५ वर्षिय पुरुष र ४० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भानु–२ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आबुँखैरेनी–३ का ६२, ३१, ३९, ५६ र ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै भिमाद–६ का २२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button