तपाईँ सुन्दै हुनुहुन्छः

धमाधम निको हुँदै छन् संक्रमितहरु

सिन्धुपाल्चोक । कोरोना सङ्क्रमणको दर बढी रहे पनि निको भएर घर फर्कनेको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ । संक्रमण भएर आइसोलेसनमा बसेका मध्ये सिन्धुपाल्चोकमा १ सय ६९ जना निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार साँझसम्म निको हुनेको सङ्ख्या १६९ पुगेको हो ।
जिल्लाभरका गरी १२० पुरुष र ४९ जना महिला कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
हालसम्म जिल्लामा ३ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये १ सय ८१ जनाको उपचार भइरहेको छ । ‘१ सय ६९ जना कोरोना संक्रमण मुक्त भएर फर्कनुभएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईँले भन्नुभयो ।
आइतबार जिल्लाका ३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला  स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनीहरूको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा १ जना भोटेकोसी, १ जना बाह्रबिसे र अर्का  १ जनाको स्थानीय तह खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button