सभासद् मानपुर चौधरीलाई कोरोना पोजेटिभ
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ जगतपुर निवासी संविधान सभाका सभासद् मानपुर चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ ।
चौधरीलाई श्वास फेर्न गाह्रो भई ज्वरो समेत आएकोले उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगी पीसीआर परीक्षण गराउँदा नेगेटिभ देखिएकाले घरमै ल्याई कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरूको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत श्वास फेर्न गाह्रो भएकोले कार्तिक २ गते बेलुका ९ बजे थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाई कोरोनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य शाखा कञ्चनपुरले जनाएको छ ।
एउटा अस्पतालमा कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ आउनु र अर्को अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखा पर्नुले जनतामा त्रास उत्पन्न हुने र स्वास्थ्यकर्मीहरू समेत अन्योलमा रहने भएकाले स्वास्थ्यकर्मीलाई समेत काम गर्न कठिनाइ हुने स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तो दुई खाले रिपोर्ट आउनु दुखद पूर्ण रहेको र यही कारणले गर्दा आज हुन लागेको कोभिड अस्पतालको कञ्चनरुप नगरपालिकाले उद्घाटन कार्यक्रम समेत स्थगित भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्