खुम्बु प्रवेश गर्न पिसिआर ‘नेगेटिभ’ अनिवार्य
सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले गाउँपालिका प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै हवाईजहाजमार्फत भित्रिने नागरिकहरुका लागि ७२ घण्टा अगाडी पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र प्रवेश गर्न दिने जनाएको हो ।
यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन भनिएको जानकारी दिनुभयो ।
लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले उडान भर्दै आएका छन् । लुक्लामा काठमाडौ, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्