समिति बनाएर सवारी साधनको अनुगमन
रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय यातायात व्यवस्था अनुगमन समिति लुम्बिनी प्रदेशले सवारी साधनको अनुगमन गरेको छ ।
कोरोना महामारीका कारण ६ महिनासम्म थन्किएका यातायातका साधन एक महिनायता संचालन भएपनि स्वास्थ्य मापदण्ड र ट्राफिक नियम पालना गरे नगरेको बुझ्न अनुगमन गरिएको हो । अनुगमन समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थको नेतृत्वमा बुटवलका विभिन्न स्थानमा अनुगमन गरेको हो । चाडपर्वका समयमा सवारी साधनमा यात्रुहरुको चाप बढि हुने तर स्वास्थ्य मापदण्ड पालना नहुंदा कोरोना संक्रमण फैलिनसक्ने तर्फ ध्यान दिंदै अनुगमन गरिएको पन्थले बताउनुभयो ।
अनुगमनमा समितिका संयोजक पन्थसंगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शुशिल चन्द्र तिवारी, प्रवक्ता भिमार्जुन पाण्डे, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर विक तथा सुरक्षित यात्रा अभियान नेपाल र यातायात व्यवसायीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनुगमनमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कोरोनाबारे सचेत बनाउंदै मास्क वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्