तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो बलात्कारका घटनाविरुद्ध झापामा प्रदर्शन

भद्रपुर, झापा । बलात्कारजन्य महिला हिंसा बढेको भन्दै बलात्कारीलाई हदैसम्मको सजायको माग राखी झापामा युवाहरुले प्रदशृन गरेका छन् ।

शनिबार झापाको बुद्धशान्ति गाउँपालिकाका दुई स्थानमा महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको हो ।

स्वस्फूर्तरुपमा युवती, किशोरीहरुले ‘अति भयो, अब त पाउनैपर्छ बलात्कारीले सजाय ’भन्नेजस्ता नारा लेखिएको प्लेकार्डसहित बुधबारे बजार परिक्रमा गरी बुधबारे चोकमा कोणसभा गरेका थिए ।

कोणसभामा प्रियङ्का सुवेदीले महिला हिंसाविरुद्ध कविता समेत वाचन गरेकी थिइन् भने सुमी कार्की र समूहले आत्मरक्षा सम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

त्यस्तै बर्नेमा पनि चर्को नाराबाजीका साथ सडकमा प्रदर्शन गरिएको थियो भने कालो टिसर्टमा उत्रिएका युवतीहरुले बिर्तामोडमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button