भेरी नदीमा डुबेर बालकको मृत्यु
सल्यान । सल्यानमा भेरी नदीमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ राइराका १० वर्षीय बालक मनोज विष्टको भेरी नदीमा डुबेर मृत्यु भएको हो ।
शनिबार बिहान घरबाट बाख्रा चराउन भेरी किनारतिर गएका उनी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मृत फेला परेको बालकका बुवा हरिभान विष्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्