मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास न.पा. वडा नं. १४ बस्ने २५ वर्षीय संजय मण्डल, एकडारा गा.पा. वडा नं. ३ घर भई ऐ स्थित अजय मोटरसाईकल वर्कशप संचालन गरी बस्ने २५ बर्षीय अजय राम र सोही स्थान बस्ने ३८ बर्षीय मुरारी साहलाई रहेका छन् ।
सम्सि गाँउपालिका ७ चाँदनी चौकबाट गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने असरफ शेखको ज ११ प १९१ नं. को मोटरसाईकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।
प्रहरी कार्यालय खोजतलास गर्ने क्रममा मोटरसाईकल मण्डलले चोरी गर्ने गरेको र मोटरसाईकल वर्कशप संचालक अजय मार्फत विक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी विष्टले बताउनुभयो ।
पक्राउ परेका तिनै जनालाई महोत्तरी जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्