तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा प्रदेश २ को विशेष सुरक्षा नीति, १० हजार प्रहरी परिचालन

जनकपुरधाम । प्रदेश २ ले आउन लागेको चाडपर्वलाई लक्षित गरेर प्रदेश भरिमा विशेष सुरक्षा व्यवस्था गरेको छ ।

दशैको मेला तथा भिडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ । दशैँ, तिहारको बेला अप्रिय घटना तथा शक्तिपीठहरुमा भिडभाड रोक्न प्रदेश प्रहरी कार्यालय जनकपुरले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

चुस्ता सुरक्षा व्यवस्थाकालागि प्रदेश २ का आठवटै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईँले जानकारी दिनु भएको छ ।

विगतमा आपराधिक घटना भएका ठाउँमा विशेष निगरानी गर्ने गरी सुरक्षा–व्यवस्था मिलाएको उहाले जानकारी पनि दिनु भयो ।

चाडपर्वको समयमा यात्रुको चाप हुने तथा सार्वजनिक सवारीसाधनमा ओहोरदोहोर बढी हुने भएकाले प्रहरीले पथलैहिया देखि कोसीसम्म पूर्व–पश्चिम राजमार्गमा सुरक्षा–व्यवस्था कडा पारेको जनाएको छ ।

राजमार्गका विभिन्न स्थानमा ३३ वटा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । यात्रु सहायता कक्षमा रहेका सुरक्षाकर्मीले समस्यामा परेका यात्रुलाई सहयोग गर्नुको साथै सवारीसाधनको चेक चाँजसमेत गर्नेछन् २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यात्रु तथा सवारीसाधनको सुरक्षा–व्यवस्था मिलाउने काम यात्रु सहायता कक्षबाट हुने प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनु भयो ।

यसका साथै सादा पोशाकमा पनि प्रहरी ठाउँ ठाउँमा परिचालन हुने जानकारी दिनु भयो । शहर देखि ग्रामीण क्षेत्र तथा सीमानाकाहरूमा समेत प्रहरी गस्ती बढाइने उहाले जानकारी दिदै दसैँ–तिहारको अवसरमा विभिन्न संघसंस्थाले दसैँ–तिहारमा मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

तर, यस वर्ष भने त्यस्ता कार्यक्रम गर्न नपाइने भएको छ । दसैँमा जनकपुरको राजदेवी मन्दिर, महोत्तरीको सोनामाई स्थान, सप्तरीको कंकालिनी मन्दिरलगायतका स्थानमा भिडभाड हुने गरेकोमा यस वर्ष कोरोना महामाहारीका कारणले स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

बर्सेनि करिब १५ हजारसम्म बोका बलि दिने गरिएको जनकपुरको राजदेवीमा यस वर्ष धनुषा जिल्ला सुरक्षा समितिले केही दिनअघि नै सूचना निकालेर बोका बलिलाई निषेध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button