तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा आजबाट निषेधाज्ञा जारी

सुनसरी । सुनसरीमा दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

नजिकिँदो दसैं २०७७ मा कोरोना संक्रमणको जोखिम थप बढ्ने भएका कारण सुनसरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम आजबाट निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

शक्तिपीठ तथा मन्दिरमा सामूहिक पूजा नगर्न, सामूहिक रूपमा भजन–किर्तन नगर्न, मेला–जात्रा नगर्न, सभा सम्मेलन नगर्न र सामूहिक रूपमा भेला भएर कुनै पनि कार्य नगर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button