तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापको चार ठाँउमा यात्रु सहायता कक्ष

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कोभिड –१९ को महामारी सँगै नजिकिदै गइरहेको दशै, दिपावली र छठ पर्व जस्ता चार्डहरुलाई ध्यानमा राखि जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

विगतका वर्षहरुमा चार्डपर्वका बेलामा यातायातका स्टाफहरुबाट यात्रुहरु ठगिने, गाडि नपाउने, झुक्कीएर फरक गाडि चढ्ने जस्ता समस्याहरु आउने गरेको गुनासाका आधारमा प्रहरी कार्यालय केन्द्रको निर्णय अनुसार यस पटक ति समस्या र गुनासाहरुबाट सर्वसाधारणलाई मुक्ति दिलाउन जिल्लाका चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

जस अनुसार प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बसपार्क, प्रहरी चौकी खिम्ती, प्रहरी बिट देवकोटा चोक र सेलेघाट प्रहरी चेक पोष्ट मंगलबार देखि यात्रु सहायता कक्ष संचालनमा ल्याएको जिल्ला ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जानकारी दिनु भयो । यस्ता सहायता कक्षले अनाबश्यक रुपमा नागरिकहरु ठगिन बाट जोगिने र अनाबश्यक दुख नपाउने भएकाले यी खालका कक्षबाट सर्वसाधारणले राम्रो लाभ लिन सक्ने भएकोले समस्या परेका हरुलाई सहायता कक्षमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।

सहायता कक्षको आरम्भ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको यात्रु सहायता कक्षको मैन बत्ती बालेर र सहायता कक्षको ब्यानर अनावरण गरेर उद्घाटन गर्नु भएको थियो । उहाँले यात्राका क्रममा सवै यात्रीहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र यात्रा गर्न पनि आग्रह गर्नु भयो । जिल्लाको ट्राफिक व्यवस्थापनमा प्रहरीले खेलेको भुमिका उच्च प्रशंसा गर्नु भएको थियो ।

ट्राफिक प्रहरीले असोज २ देखि २९ गते सम्ममा नियमित विपरीत यातायातका साधन चलाउने यातायातका चालकहरु सँगबाट १४ लाख ७३ हजार राजस्व संकलन गरेको जानकारी पनि सो अवसरमा गराईएको थियो छ । ट्राफिक प्रहरीले नियम विपरित सवारी साधन सञ्चालन गर्ने, नियम पालना नगर्ने सवारी चालहरुलाई कार्वाही स्वरुप जरिवाना असुल गरिएको जानकारी गराउँदै यस बापत प्रहरी प्रमुख र जिल्ला ट्राफिक प्रमुख लगाएत सबै प्रहरी र ट्राफिक प्रहरीहरुलाई धन्यवाद समेत दिर्नु भएको थियो ।

सो अवसरमा प्रजिअ शर्मा, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख समेतले बिभिन्न वस तथा साना सवारी साधनमा यात्रागर्ने यात्रीहरुलाई नोवेल कोरोना भाइसर (कोभिड–१९) का बेला अपनाउनुपर्ने सावधानी, यसबाट बच्ने उपाय , मावन बेचबिखन तथा ओसारपसार, लागु औषध दुव्र्यसन, आत्महत्या रोकथाम जस्ता बिषयस्तु समेटिएका चेतनामुलक सामाग्री वितरण गर्नु भएको थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button