बारा प्रहरीले ६५ औ प्रहरी दिवस मनायो

बारा । बारा प्रहरीले कलैयामा आज ६५ औ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय परिसरमा दिवस मनाइएको हो ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको थियो । कार्यको सिलसिलामा वीरगति प्राप्त गरेका अमर प्रहरीको परिवार सम्मान गरी दोसल्ला ओढाई सम्मान गरिएको छ । सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई र विभिन्न सञ्चार माध्यमका प्रतिनिधि र सङ्घ संस्थाका प्रतिनिधिहरूलाई प्रशंसा पत्र दिई सम्मान गरिएको थियो ।
कार्यक्रममा बारा का प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले प्रहरी महानिरीक्षकको सन्देश वाचन गरेका थिए भने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
जिल्ला समन्वय समिति बारा का अध्यक्ष नवल किशोर सिंहको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव, बारा का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, नागरिक समाज बारा का अध्यक्ष उमेश लाल दास, नेपाल स्काउट का जिल्ला आयुक्त भरत साह, पत्रकार लगायतको उपस्थित रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्