मानव बेचबिखन मुद्दामा २२ वर्षीया युवती पुर्पक्षका लागि कारागार चलान
कञ्चनपुर । कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको वताउनु भएको छ । सोही मुद्दामा पक्राउ परेका मदिरा व्यवसायी राजेन्द्र प्रसाद भट्ट र ठेक्कापट्टा व्यवसाय गर्ने राजेन्द्र गिरी भने साधारण तारेखमा छुटेको उहांले जानकारी दिनु भएको छ ।
गत असोज १२ गते दोधारा चाँदनीको चोरी बाटो हुँदै १५ वर्षीया किशोरीलाई बेचबिखन गर्न भारत लगिरहेको भन्ने सूचनाका आधारमा माइती नेपाल र प्रहरीको संयुक्त टोलीले २२ वर्षीया गिरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा मानव बेचबिखनको उक्त मुद्दामा संलग्नता देखिएको भन्दै प्रहरीले १९ असोजमा मदिरा व्यवसायी भट्ट र गिरीलाइ पनि पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्