तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा प्रशासनद्धारा चाडबाडमा सर्तकता अपनाउन आग्रह

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले उच्च सतर्कता अपनाएर परिवार भित्र मात्र चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहीबार एक सूचना जारी गर्दै चाडपर्वको अवसरमा हुने भीडभाडले महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम अझै बढ्ने भन्दै उच्च सतर्कता अपनाएर परिवार भित्र चाड मनाउन आग्रह गरेको हो ।

विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रशासनले भनेको छ, ‘दशैं, तिहार, नेपाल संवत्, छठ आदि पर्वमा यातायातका साधन, धार्मिकस्थल, पसल लगाएत सार्वजनिक स्थलमा हुने भीडभाडले संक्रमणको जोखिम अझै बढ्ने संभावना भएकाले चावपर्व मनाउने क्रममा अनावश्यक आवागमन, भेटघाट, भेला, नाँच, र मानिस जम्मा हुने कुनै पनि धार्मिक, सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नर्गन तथा उच्च सतर्कता अपनाई परिवार भित्र मात्र स्वस्थ वातावारणमा आफ्नो धर्म, संस्कृति, परम्परा अनुरुप चाड पर्व मनाउन तथा अनुष्ठान सम्पन्न गर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा कोभिड संक्रमणले जनजीवनमा नयाँ चुनौती उत्पन्न गरेको, भन्दै प्रशासनले आफ्नो तथा समाजको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक व्यक्तिको सचेतना आवश्य देखिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button