तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा सार्वजनिक यातायातमा सिट क्षमता अनुसार यात्रु, भाडादर भने ५० प्रतिशत वृद्धि कायमै

बीरगंज । सरकारले सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि वीरगंजबाट सञ्चालित सार्वजनिक यातायातहरुले ५० प्रतिशत भाडा बढी लिने गरेको यात्रुहरुले गुनासो गरेका छन ।

नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो ।

सार्वजनिक यातायातका चालक, परिचालकले भने यसलाई कार्यान्वयनमा नल्याउँदा यात्रुहरु मर्कामा परेका छन् ।

विगतमा सार्वजनिक सवारी साधनको आधा सिटमा मात्रै यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा बृद्धि गर्ने प्रावधान रहेको थियो । तर हाल सीट क्षमतानुसार यात्रु राख्ने तर ५० प्रतिशत बढी भाडा लिने कार्य नरोकिदा यात्रुहरु मर्कामा परेको वीरगंजबाट पोखरा गएका राजेन्द्र थापाले बताउनुभयो ।

यता प्रहरीले भने ५० प्रतिशतभन्दा पनि बढी भाडा लिने सवारीलाई भने दैनिक कारवाही भइरहेको जनाएको छ ।

यता कोरोना सङ्क्रमणको कारण यात्रुहरु नहुँदा बस सेवा बन्द गर्नु पर्ने अवस्था आएको बताउँदै जय माँता दी यातायात प्रालि वीरगंजका अध्यक्ष विनोद श्रेष्ठले सरकारले बनाएको नीति अनुरुप कोही व्यक्ति दुई सिट लिएर डब्बल भाडामा जान्छ भने त्यस्ता यात्रुलाई आफूहरुले नरोकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button