रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा बिहीबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना र भैरहवास्थित भीम अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
भीम अस्पतालमा भैरहवामा कंचन गाउँपालिकाका ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिनुभयो । उहाँमा श्वासप्रश्वास, मुटु, किड्नी, ब्लडप्रेसरको समस्या रहेको थियो । मृतक ती पुरुषमा यही असोज २७ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उहाँको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा. गौतमका अनुसार उहाँ कोरोनाबाहेक अन्य दीर्घरोग भने थिएन ।








प्रतिक्रिया राख्नुहोस्