वीरगञ्जमा सेना र कर्मचारी सहित थप ३७ जनामा कोरोना
वीरगञ्ज। नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा नेपाली सेनाका जवान,मालपोतका कर्मचारी सहित पर्साका २१ जना र बाराका १६ जनागरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति पर्साको बिभिन्न स्थानबाट संकलन गरि ल्याइएको १ सय ९२ जनाको स्वाब परिक्षण गर्दा पर्साका २१ जना र बाराका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पर्सामा १ सय ५८ जनाको स्वाब परिक्षण गरिएकोमा बीरगंज स्थित नेपाली सेनाको श्रीपुर व्यारेकमा कार्यरत ७ जना सैनीक जवान, आदर्शनगर रंगशालामा संकलन गरिएको स्वाबको नमुनाबाट थप ७ जना, बीरगंज महानगरपालीका वाडा नम्बर १७ का ३ जना, पोखरीया नगरपालीकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
त्यसैगरी बाराको जिल्लामालपोत कार्यालयमा कार्यरत ११ जना कर्मचारी सहित जितपुर सिमरा उपमहानगरपालीका वाडा नम्बर २ मा २ जना, कलैया उपमहानगरपालीका वाडा नम्बर १ मा १ जना, करैयामाई गाउपालीका र प्रसौनी गाउपालीकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो ।
संक्रमित मध्ये २ महिला र ३५ पुरुष रहेका छन् । १० बर्ष देखी ६७ बर्ष सम्मका संक्रमितहरुको सिटि भ्यालु १९ देखि ३६ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्