तपाईँ सुन्दै हुनुहुन्छः

वीपी प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् भने तेह्रथुमका एक पुरुष छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ४४ बर्षीय महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको उनको मृत्युको औपचारिक जानकारी भने प्रतिष्ठानले आज मात्र दिएको हो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको र २८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यस्तै, इटहरी २० की ७५ बर्षीया संक्रमित महिलाको पनि प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ । उनलाई हिजो प्रतिष्ठानको इर्मजेन्सीमा भर्ना गरिएको उनको मध्यराती १२ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिएका छन् ।

वीपी प्रतिष्ठानमा ज्यान गुमाउनेमा तेह्रथुमका ३१ बर्षीय कोरोना संक्रमित पनि छन् । उनलाई असोज १० गते कोरोना संक्रमण पुष्टिभएको थियो भने ११ गते वीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

धरानमै हिजो राती धरान १६ मा होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु भएको थियो भने होम आइसोलेसनमा बसेका धरान ९ का एक संक्रमितको पनि मृत्यु भएको थियो ।यस्तै, हिजो राती ७ बजे नै तेह्रथुमका अर्का एक संक्रमितको पनि वीपीको आकस्मिक कक्षमा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button