तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा ४७ जना घाईते

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहरो झडप हुँदा ४७ जना घाईते भएका छन ।

आज दिउँसो सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली काँगे्रस सर्लाहीले रामनगर गाउँपालिका वडा नं. ७ बस्ने महेन्द्र रामको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा १ पत्रकार, २४ काँग्रेस कार्यकर्ता तथा प्रहरी नायव उपरीक्षक(डिएसपी) सहित २२ जना प्रहरी घाईते भएका छन् ।

काँग्रेस कार्यकर्ता महेन्द्र रामलाई गत असोज २१ गते बेलुका घरनजिकै १२–१५ जनाको समुहले घरेलु हातहतियारबाट आक्रमण गरेका थिए । उनको उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको काँगे्रस सर्लाहीका सभापती नागेन्द्र कुमारले बताए ।

घटना दर्ता पक्रियामा रहेको र घटनामा संलग्नको आंशकामा ३ जनालाई नियन्त्रणमा लिइ छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button