तपाईँ सुन्दै हुनुहुन्छः

मृगौला पीडितलाई ३ लाख ४७ हजार सहयोग

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ५ बराम्चीका मृगौला पीडितको उपचारका लागी जुगल गाउँपालिकाका नेकपा नेताहरुले ३ लाख ४७ हजार हस्तान्तरण गरेका छन् ।

मृगौला पीडित प्रविण आलेमगरको जीवन रक्षाका लागी सहयोग संकलनमा जुटेका नेकपा नेताहरुले बुधबार ३ लाख ४७ हजार रुपियाँ पीडितको डेरामै पुगेर हस्तान्तरण गरेका छन् ।

विभिन्न व्यक्तिसँग आग्रह अनुरोध गर्दै मृगौला पीडितको उपचारका लागी २ लाख ७३ हजार रुपियाँ संकलन भएको नेकपा जुगलका नेता सिंगबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दक्षिण कोरीयाबाट संकलन गरी पठाइएको ७३ हजार रकम पनि नेकपा नेताहरुले नै बुधबार हस्तान्तरण गरेका छन् ।

आर्थिक अभावका कारण १७ वर्षीय प्रविण आले मगरको उपचारका लागी समस्या भएपछि जुगल गाउँपालिकाका अगुवा एवम नेकपा नेताहरुले सहयोग संकलन अभियान नै चलाएका थिए ।

यसअघि पनि नेकपा जुगलका नेताहरुले २ पटक गरी ५ लाख ३१ हजार रुपियाँ पीडित परिवारलाई हस्तान्तरण गरिसकेका छन् ।

हालसम्म मृगौला पीडित प्रविणको उपचारका लागी नेकपा नेताहरुको पहलमा जम्मा ८ लाख ७९ हजार ७ सय ३५ रुपियाँ प्रदान गरिएको नेकपा जुगलका नेता जेपी सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button