तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप २ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६ सय ७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button