तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा कोरोना संक्रमित महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भीरकोट नगरपालिका वडा नं. २ का ५२ वर्षीया महिलाको मृत्यु भएको हो । महिलाको उपचारको क्रममा पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

असोज २६ गते संक्रमण पुष्टी भएकी ति महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र मा बुधबार बिहान मृत्यु भएको निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

मृतक महिला हाईपोथाईरोडिजम, हाईपर टेन्सन लगायतका समस्याबाट पीडित रहेको निर्देशक आचार्यले जानकारी दिनुभयो । महिलासंगै स्याङ्जामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button