अनुदानमा गहुँ र आलुको बीउ वितरण

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र आलुको बीउ वितरण गरेको छ ।
किसानहरुको मागमा आधारित रहेर किसानहरुलाई बीउ वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाका आठ वटै वडाका किसानहरुलाई आलु र गहुँको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । किसानहरुलाई उन्नत जातको बीउ उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने उद्देश्यले बीउ वितरण गरिएको हो ।
अनुदानमा ४६ क्वीन्टल गहुँ र एक सय १३ क्वीन्टल आलुको बीउ वितरण गरिएको कृषि प्राविधिक भट्टले जानकारी दिनुभयो ।
कृषि शाखामार्फत सूचना प्रकाशन गरेर ५० प्रतिशत अनुदानमा बीउ प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको सोही अनुसार गहुँ र आलुको बीउ वितरण गरिएको प्राविधिक भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्