कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–३ दैजीका २० वर्षीय दिनेश साउदको मंगलबार साँंझ मृत्यु भएको हो ।
आफ्नो पसलमा बिजुली जोड्ने बेलामा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ । महाकाली अस्पतालमा पोष्टमार्टमा पश्चात मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्