तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु 

चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय वृद्ध हुनुहुन्छ ।

उहाँको गएराती १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १८ गते अस्पतालमा भर्ना भएका उहाँमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको कोभिड आइसियु  कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button