तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित

संयुक्त राष्ट्र संघ । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रमा पुन निर्वाचित भएको छ ।

१९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो ।

यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ ।

परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् ।

भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो ।

चार सदस्य सिटका लागि पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button