तपाईँ सुन्दै हुनुहुन्छः

लहान अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टि, सेवा ठप्प

सिरहा । सिरहाको लहानमा रहेको राम कुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाट दिईने सेवा ठप्प भएको छ । आज अस्पतालले सूचना जारी गरी आकस्मिक सेवा १२ घण्टाका लागी ठप्प गरिएको जानकारी दिनुभयो ।

आकस्मिक सेवा निर्मलिकरण गरी सुचारु गरिने सुचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत त्यस्ता लक्षण देखिएकाले पिसिआर रिपोर्ट न आउन्जेल अस्पतालबाट दिदै आएको आकस्मिक सेवा बाहेक अन्य सेवा अर्को सूचना नआए सम्म ठप्प रहने अस्पतालका प्रमुख सुनिल प्रसाद कुशवाहा द्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

अस्पतालले निरन्तर दिदै आईरहेको सेवा बन्दको कारण सेवाग्राहीलाई भएको असुविधा प्रती अस्पतालद्वारा खेद प्रकट गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button