सात तोला सुन र तीन लाख नगद चोरी
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ को एक घरबाट सात तोला सुन र तीन लाख नगद चोरी भएको छ ।
पोखरा बजारमाथि डडेल्धुरा–बैतडी महाकाली राजमार्ग छेउमा रहेको कलावती ऐरीको घर बाट शनिबार दिउसो चोरी भएको हो ।
दिउसो घरमा कोही नभएको समयमा चोरी भएको हो । घरको एक कोठामा रहेको स्टिल दराज फोडेर सुन र नगद चोरी भएको उनले बताईन ।







प्रतिक्रिया राख्नुहोस्