तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १५७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ का ३५ वर्षीय सुवास दर्जी र वडा नं ८ का ३५ वर्षीय सञ्जीव राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल गण नम्बर २ झापा र राष्ट्रिय अनुसन्धान झापाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका ७ स्थित इँटाभट्टा पेट्रोलपम्प नजिक चेक–जाँच गर्ने क्रममा राजवंशीको साथबाट १५७ ग्राम ब्राउनसुगर बरामद भएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button