पहिरो हटाउन आजदेखि दैनिक तीन घण्टा सिद्धार्थ राजमार्ग बन्द
पाल्पा– सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि सोमबार देखि दैनिक तीन घण्टा सडक बन्द हुनेभएको छ । बिहान ६ बजेदेखि ९ बजेसम्म सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाउने कार्य हुनेछ । पहिरो हटाउने कार्य असोज २९ गतेसम्म हुने बताइएको छ ।
पहिरो हटाउने बेलामा सडकमा यातायात आवतजावत बन्द हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत चिडियाखोलादेखि बर्तुङ्सम्मको पहिरो हटाउने कार्य हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेर सडक एकतर्फी संचालनमा थियो ।








प्रतिक्रिया राख्नुहोस्