तपाईँ सुन्दै हुनुहुन्छः

आईलिग छनोटमा मोहम्मेदन स्पोर्टिङ क्लबको दोस्रो जित

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गरेपछि आईलिग छनोटमा मोहम्मेदन स्पोर्टिङ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

कोलकत्ताको विवेकानन्द युवा भारती मैदानमा आइतबार अभिषेक चम्किदा एआरए एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै मोहम्मेदनले लगातार दोस्रो जित निकालेको हो ।

मोहम्मेदनको जितमा अभिषेकले दुई गोल गरे । यस्तै विलिस प्लाजा र एसके फयाजले एक एक गोल गरे । जितसँगै मोहम्मेदन शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा मोहम्मेदनले ६ अंक रहेको छ । एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button