कोरोना भाइरसको सङ्क्रमणका कारण २२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पाँच जना महिला र १७ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा सुनसरीकी ६२ बर्षीया महिला, धनकुटाकी ६१ बर्षीया महिला, काठमाडौँकी ६६ बर्षीया महिला, चितवनकी ७५ बर्षीया महिला, र मकवानपुरकी ८५ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ६५ बर्षीय पुरुष, सर्लाहीका ३८ बर्षीय पुरुष, काठमाडौँका ६०,७०, ७५, र ८३ बर्षीय पुरुष, ललितपुरका ४९ बर्षीय पुरुष, भक्तपरका ४४, र ५७ बर्षीय पुरुष, नुवाकोटका ७७ बर्षीय पुरुष, चितवनका उमेर नखुलेका एक जना, ४७ र ९८ बर्षीय पुरुष, सिन्धुपाल्चोकका ६३ बर्षीय पुरुष, र रुपन्देहीका ६०, ६१, र ८४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्