तपाईँ सुन्दै हुनुहुन्छः

म्याद गुज्रेका डेढ लाख मूल्य बराबरका अखाद्य वस्तु नष्ट

हरि अधिकारी, कपिलवस्तु । चाडपर्व नजिकिदै गएपछि कपिलवस्तुमा बजार अनुगमन हुन थालेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको छ ।

इलाका प्रशासन कार्यालय वाणगंगाले गरेको बजार अनुमगनका क्रममा ओदारी–घरबुदिया स्थित गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा म्याद गुज्रेका डेढ लाख बराबरको अखाद्य वस्तु भेटिएको हो ।

ती अखाद्य वस्तुलाई वाणगंगा नगरको डम्पिङ क्षेत्रमा नष्ट गरिएको इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।

अनुगमन टोलीले चियापत्ती, मिठाई, विस्कुट, ग्लुकोज, मसाला, साबुन र विभिन्न कस्मेटिक गरी ६५ प्रकारका सामानहरु म्याद गुज्रेका भेटाएको थियो । धैरै परिणाममा ती सामान भेटिएपछि स्थानीय प्रशासनले पसललाई सिल समेत गरेको थियो ।

भित्री गाउँमा रहेको गुप्ता जनरल खाद्यान्न स्टोर्समा पहिलो पटक अनुगमन टोली पुगेको कारण एक पटकका लागि सिल र अखाद्य बस्तु नष्ट गरी थप कारवाही नगरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button